वीपी रहेको भए केपी कांग्रेस हुन्थे : महामन्त्री कोईराला

चितवन, १० मंसिर
विपी पुत्र प्रा.डा.सशांक कोईरालाले आफ्ना पिता अहिले पनि रहेको भए एमाले अध्यक्ष केपी ओली कांग्रेस हुने बताउनुभएको छ । ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला वीपी, गणेशमान लगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै कोईरालाले देशव्यापी रुपमा अहिले कांग्रेस प्रवेशको लहर आएको बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री रहनु भएका कोईराला नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुनुहुन्छ । दैनिक सयौंको संख्यामा अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेको भन्दै उहाँले यसले आफूलाई उत्साहित बनाएको पनि बताउनुभयो । वाम गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै उहाँले भन्नुभयो “उनीहरुले दुई तिहाई पु¥याउन सक्दैनन् ।” वाम गठबन्धनले बढी मत पाएमा आउँदा दिनमा त्यो खतरा रहेको भन्दै उहाँले वाम गठबन्धनले कांग्रेसलाई फाईदा पुगेको बताउनुभयो । कम्युनिष्टहरुले कांग्रेसलाई यथास्थितिवादीको आरोप लगाउने गरेको भन्दै कोईरालाले विश्वबाट समाप्त भईसकेको कम्युनिष्टहरुले कांग्रेसलाई यथास्थितिवादी भन्न नसुहाउने बताउनुभयो । कोईरालाले प्रश्न गर्नुभयो “परिवर्तन ल्याउने कांग्रेस यथास्थितिवादी हुने, विश्वबाटै समाप्त हुँदै गएको कम्युनिष्ट कसरी परिवर्तनकारी हुन्छ ?” गरिबलाई गरिब नै राखेर कम्युनिष्टहरुले राजनीति गरेको भन्दै उहाँले भन्नुभयो “हामी सबैलाई धनी बनाउँछौं त्यो समाजवादमा हुन्छ ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको चिन्तन भएको भन्दै उहाँले यसले नै देशको समग्र विकास हुने बताउनुभयो ।
कोईरालाले भन्नुभयो “शुरुमा हामी झस्किएका थियौं, अधिराज्यभरी कांग्रेसको पकड हुँदै गएको छ, सबैभन्दा ठूलो पार्टी कांग्रेस हुन्छ ।” स्थानीय निर्वाचनमा पार्टी भित्र केही त्रुटी रहेको भन्दै उहाँले त्यसलाई सच्याएर अघि बढेकाले पार्टीभित्रको गुट उपगुट अन्त्य भएको बताउनुभयो ।
एक फरक प्रसंगमा उहाँले अदृश्य शक्तिलाई चलखेल गर्न दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्र नेपालीले नै हाक्नु पर्छ ।”
अब तपाई यो देशको प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “सम्भावना छ, तर शेरबहादुरजी, रामचन्द्रजी हुनुहुन्छ, सबैको सल्लाहमा म पनि हुन सक्छु ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट