रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

१० मंसिर, रुकुम ।
रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।
आज भएको मतदानको क्रममा अज्ञात व्यक्तिले एसिड हालेर मतपत्र जलाएपछि पुनः मतदान गरिने भएको हो ।

पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
यी दुई मतदान केन्द्रमा २१ मंसिरमा मतदान हुनेछ ।

रत्ना निमावि मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने व्यक्तिको पहिचान हुन नसकेको र उनीहरुको खोजीकार्य जारी रहेको पश्चिम रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट