मकवानपुरमा मुक्तक वाचन शृङ्खला हुने

मकवानपुर, २३ पुस ।

मुक्तकमञ्च मकवानपुरको १२ औं मुक्तक वाचन शृङ्खला हुने भएको छ ।

आगामी पुस २८ गते शनिबार हुने १२ औं शृङ्खलामा मकवानपुरे मुक्तककारद्वय दिपक गौतम र किसन पौडेलको संयुक्त मुक्तक वाचन विशेष हुने भएको हो । कार्यक्रममा गौतम र पौडेलले १०/१० वटा मुक्तक सुनाउने मञ्च अध्यक्ष डीबी बर्तौलाले बताए ।

यसै गरि कार्यक्रम उपस्थित अन्य मुक्तककारले समेत २/२ मुक्तक प्रस्तुत गर्न सक्ने उनले बताए । यसैगरी मुक्तक वाचन शृङ्खला कार्यक्रममा मुक्तक मञ्चका आजिवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिने छ ।

मञ्चमा हाल १५ जना आजीवन सदस्य रहेका छन् । मञ्चकको आजीवन सदस्यता लिन २ हजार ५ सय शुल्क लाग्ने भएकोले सदस्यता लिन इच्छुकलाई समेत मञ्चले आग्रह गरेको छ ।

यस्तै मञ्चको दोस्रो वार्षिकोत्सब तथा प्रथम अधिवेशन आगामी माघ २७ गते गरिने भएको छ । उक्त दिन मुक्तक प्रतियोगिता समेत आयोजना गरिने बर्तौलाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट