बागमती प्रदेशमा ४ पदको लागि १५ जनाको उम्मेदवारी

मकवानपुर, २३ पुस ।

राष्ट्रिय सभाको निर्वाचनको लागि बागमती प्रदेशमा रिक्त हुने ४ पदको लागि १५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने सोमबारको तालिका अनुसार सत्तापक्षा र प्रतिपक्ष दलका गरि १५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

सत्तागठबन्धन दल (नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी), नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराइएको हो ।

एमालेबाट रोजकुमारी चौलागाई (दोलखा जिल्ला महिला कोटा) विवेक देवकोटा (काठमाडौ जिल्ला अपाङ्ग कोटा) ध्रुब विश्कर्मा (धादिङ जिल्ला दलित कोटा) त्रिलोचन निर्मल पौडेल (चितवन जिल्ला अन्य कोटा) को उम्मेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस विष्णुदेबी पुडासैनी (काठमाडौ जिल्ला,महिला कोटा) नेपाली कांग्रेसबाट जितजंग बस्नेत (ललितपुर जिल्ला, अन्य कोटा) माओवादीकेन्द्रबाट श्रीकृष्ण प्रसाद अधिकारी (नुवाकोट जिल्ला) नेकपा एसबाट घनश्याम रिजाल (दोलखा जिल्ला, दलित कोटा) ले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले पनि ४ जनाको उम्मेदवारी दर्ता गराएको छ । जसमा हिमालयश्वर लाल मुल (भक्तपुर जिल्ला, अपाङ्ग कोटा) श्रीकृष्ण महर्जन (काठमाडौ जिल्ला, अन्यकोटा) संगिता नेपाली (भक्तपुर जिल्ला दलित कोटा) कृष्ण लक्ष्मी दुवाल (भक्तपुर जिल्ला महिला कोटा) ले मनिनयन दर्ता गरेको मकवानपुरका जिल्ला न्यायाधीश तथा राष्ट्रिय सभा निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले बताए ।

यसैगरी राप्रपा नेपालबाट हेमजंग गुरुङ (लमजुङ जिल्ला, अन्य कोटा), बालकुमारी डल्लाकोटी (मकवानपुर जिल्ला महिला कोटा), भरतमणी भट्ट (चितवन जिल्ला, अपाङ्ग कोटा) को उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका अनुसार प्रदेशमा ३ सय ३७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौंडा ४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको भवनमा मतदान केन्द्र तय गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट