हंसका सदस्यलाई सहकारी शिक्षा

भरतपुर, २३ पुस ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि सहकारी शिक्षा अभिमुखीकरण कार्यक्रम भरतपुर–१६, विजयनगरमा सोमबार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाकी सचिव शारदा शर्मा पौडेलले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताइन् । सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सदस्यहरुले पनि आफू मालिक हो भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिइन् । संस्थाले सदस्यहरुको हितसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न सामजिक क्रियाकलाप पनि गर्दै आएको उनले बताइन् ।

सहकारी शिक्षाको कमी हुँदा सहकारी अघि बढ्न नसक्ने भएकोले आफ्ना सदस्यलाई सहकारी सम्बन्धी पर्याप्त ज्ञान हुन आवश्यक रहेको र पछिल्लो पटक केही सहकारीमा बेथिति हुँदा सहकारीको बदनाम भइरहेको उल्लेख गर्दै उनले सहकारीका सञ्चालकहरुको बारेमा बुझेर मात्र सहकारीमा आवद्ध हुन आग्रह गरिन् ।

सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्देश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीले जानकारी दिए । संस्थाको स्थापना र उद्देश्यबारे जानकारी गराउँदै संयोजक अधिकारीले सहकारीले सदस्यहरुको हितमा समान ढंगले सेवा प्रदान गरिरहेको स्पष्ट परेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्धक नारायणप्रसाद सापकोटाले गरेका थिए । संस्थाको विजयनगर सेवा केन्द्र अन्तर्गतका नयाँ सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संस्थाका संचालक सदस्य एवं सेवा केन्द्र उपसमिति संयोजक ध्रुवकुमार ओझा, सदस्यहरु शंकर अधिकारी, इश्वरीदेवी घिमिरे, रमा ढुंगाना, सेवा केन्द्र प्रमुख श्रीकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसमिति सदस्य नेत्रबन्धु अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षा उपसमितिका सदस्य बिदुर केसीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट