भरतपुर, २३ पुस ।
उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको तयारी थालिएको छ । सोमबार साँझसम्म भएको निर्वाचनमा ८१.१७ % मत खसेको छ । उवासंघका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार कुल २ हजार ९ सय ७४ मतमध्ये २ हजार ४ सय १४ मत खसेको छ । मतगणना अहिले राति नौ बजेदेखि सुरु हुने उनले जानकारी दिए । सुरुवातमा सदस्यतर्फको मतगणना थालिने केसीले बताए ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, वाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लागि आज मतदान भएको हो ।
आगामी नेतृत्वका लागि अध्यक्ष पदमा सुमनकुमार श्रेष्ठ र शिरीष पन्तको प्रतिस्पर्धा छ ।
अधिवेशनले पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।





