मुक्तक मञ्च मकवानपुरले तीन जनालाई सम्मान गर्दै

मकवानपुर, २३ पुस ।
मुक्तक मञ्च मकवानपुरले ३ जना मुक्तककारलाई सम्मान गर्ने भएकाे छ । मञ्चले मकवानपुरे मुक्तककार बिर्खे अन्जानसहित पाेखराका दीपक समीप, हरिकृष्ण काफ्लेलाई सम्मान गर्ने भएकाे छ ।

इन्दिरादेवी स्मृति मुक्तक सम्मान, २०८० बाट मकवानपुरकाे थाहा नगरपालिकाका बिर्खे अञ्जान सम्मानित हुने भएका छन् । उक्त सम्मानको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। गत वर्ष उक्त सम्मानबाट माध्यमिक तह स्तरीय मुक्तक प्रतियोगिता विजेता समर्पण न्यौपाने सम्मानित भएका थिए ।

मुक्तक मञ्च मकवानपुर अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित बहादुरानन्द स्मृति मुक्तक सम्मान, २०८० बाट पोखराका मुक्तककार दीपक समिपलाई सम्मानित गरिने भएकाे छ । उक्त सम्मानको राशि ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । गत वर्ष उक्त सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित भएका थिए ।

यसैगरी मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित तारा स्मृति मुक्तक सम्मान, २०८० रौतहटका मुक्तककार हरिकृष्ण काफ्लेलाई सम्मानित गरिनेछ । उक्त सम्मानको राशि ७ हजार ५ सय रुपैयाँ रहेको छ । गत वर्ष सो सम्मानबाट मकवानपुरका देवराज खरेल सम्मानित भएका थिए ।

उक्त सम्माम मुक्तक मञ्च मकवानपुरकाे अधिवेशनको दिन आगामी माघ २७ गते प्रदान गरिने बर्तौलाले बताए ।
यसैगरी मञ्चले आउँदाे पुस २८ गते मकवानपुरका स्रष्टाद्वय दीपक गौतम र किशन पौडेलकाे मुक्तक वाचन कार्यक्रम गर्ने भएकाे छ । साेही दिन मुक्तक मञ्चका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण समेत गरिने उनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट