माछा मार्न गएका गोपालको मृत्यु

मकवानपुर, २३ पुस ।
मकवानपुरको बागमती गाउँपालिकामा माछा मार्न गएका १ जनाकाे मृत्यु भएकाे छ ।
गाउँपालिका ४ झुरझुरे वस्ने ३५ वर्षीय गोपाल थिङ खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । स्थानीय बागमती खोलामा माछा मार्ने क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

खोलामा माछा मार्ने भनेर घरबाट हिँडेका थिङ घरमा नफर्के पछि खोजतलास गर्दा सोमबार बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट