बाँदरमुढे घटनाकाे स्मारकमा प्रचण्डकाे श्रद्धाञ्जली

मंसिर १०, भरतपुर। सशस्त्र द्वन्द्वकाे क्रममा ३५ सर्वसाधारण र ३ सुरक्षाकर्मी गरि ३८ जनाकाे ज्यान जाने गरि भएकाे बाँदरमुढे घटनाका मृतकहरुकाे सम्झनामा निर्माण गरिएकाे स्मारकमा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुष्पागुच्छा अर्पण गर्नुभएकाे छ।
अाइतबार बिहानै माडीकाे बाँदरमुढे स्मारकमा पुगी सशस्त्र द्वन्द्वकाे क्रममा ज्यान गुमाएका सर्वसाधारणकाे स्मारकमा पुष्पागुच्छा अर्पण गर्नुभएकाे हाे।
पुष्पागुच्छा अर्पण गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढे घटना सशस्त्र द्वन्द्वकाे क्रममा घटेकाे सबैभन्दा ठूलाे भुलवस् गल्ती भएकाे बताउनु भयाे।
बाँदरमुढेका पीडितप्रति अाफ्नाे सधै सम्मान रहेकाे बताउँदै प्रचण्डले पीडित परिवार र मृतकहरुका पक्षमा दीर्घकालिन प्रकृतिका काम गर्ने बताउनु भयाे।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट