मंसिर १०
नेपाली काग्रेस प्रति भ्रामक समाचार आएको भन्दै जिल्ला समिति चितवनले ध्यानाकर्षण जनाएको छ । पार्टी परित्याग गरेका नेता त्रिलोचन पौडेल माथि काग्रेस कार्यकर्ताले धम्की दिएको भन्ने समाचारको नेपाली काग्रेस चितवनले खण्डन गरेको छ । नेपाली काग्रेस चितवनका सचिव उत्तम जोशीले काग्रेसका नेताहरुले पौडेललाई पार्टीमा फर्काउन आग्रह गरेको कुरालाई अपवाह फैलाएको बताउनुभयो । नेता पौडेलले आवेगमा आएर गलत निर्णय गरेको भन्दै उनलाई पार्टीमा फर्काउन केन्द्रीय नेताहरुलाई जानकारी गराईएको जोशीले बताउनुभयो । पुराना नेता पौडेलका परिवार काग्रेसो प्रचार प्रसार गरिरहेको भन्दै उहाँलाई पार्टीमा फर्काउन प्रयास गरिएको सचिव जोशीले जानकारी दिनुभयो ।
त्यस्तै माओवादी केन्द्रमा प्रवेश गरेका भनिएका मोहन सिंह लामालाई काग्रेसका पूर्व जिल्ला सचिव प्रवेश गरेको भन्दै माओवादी केन्द्रले भ्रमको राजनिति गरेको आरोप सचिव जोशीले लगाउनुभयो । लामा काग्रेसका सामान्य समर्थक मात्र रहेको काग्रेसले जनाएको छ । लामा सहित केही ब्यक्ति प्रवेश गरेपनि त्यसलाई ठुलो संख्या भनेर मतदाताबीच झुठको खेती गरेको जोशीको आरोप छ । काग्रेसको माहोल देखेर वाम गठबन्धन अत्तालिएर भ्रम फैलाउन लागेको जोशीले बताउनुभयो ।





