भरतपुर,९ मंसिर ।
नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश सभा तर्फ चितवन क्षेत्र नं.३ (ख) का उम्मेद्वार साजन कुमार महतोले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
शनिबार माडी नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै स्थानीयसँग आर्शिवाद लिएका छन् । घरदैलोको क्रममा स्थानीयले प्रदेश सभाका उम्मेद्वार महतोलाई भव्य स्वागत गरेका थिए । साविक गर्दी गाविसका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम भएको छ । स्थानीयलाई भेट्न उहाँ खेतमा समेत पुगेका थिए । घरदैलोको क्रममा उम्मेद्वार महतोले माडीको विकासलाई तीव्रता दिइने प्रतिवद्धता जनाए । समग्र माडी र प्रदेश क्षेत्रका अन्य गाउँको विकास गर्नकै लागि आफू उम्मेद्वार बनेको बताउँदै महतोले जनताको सुख, दुःखमा साथ दिने बताए । उनले भने,“म हरेक सुख, दुःखमा साथ दिँदै आईरहेको छु, अब यहाँको विकाससंगै तपाईहरुलाई सुखीमय भएको बनाउन लागि परेको छु ।” उनले आसन्न मंसिर २१ गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गरि आफूलाई भारी मतान्तरले जिताउन आग्रह गरे । यस्तै नेता महतोले यस क्षेत्रको प्रतिनिधि सभामा विकासबादी नेताको रुपमा परिचित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेलाई जिताउन आह्वा गर्दै दुई भाई मिलेर माडीको विकासमा कायापलट ल्याउने बताए । उम्मेद्वार महतो माडीकै जनताको घरमा बसेर घरदैलो अभियानलाई तीव्र पारेका छन् ।





