माडीको खेत खेतमा पुगेर मतदाता भेट्दै साजन

भरतपुर,९ मंसिर । नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश सभा तर्फ चितवन क्षेत्र नं.३ (ख) का उम्मेद्वार साजन कुमार महतोले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । शनिबार माडी नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै स्थानीयसँग आर्शिवाद लिएका छन् । घरदैलोको क्रममा स्थानीयले प्रदेश सभाका उम्मेद्वार महतोलाई भव्य स्वागत गरेका थिए । साविक गर्दी गाविसका विभिन्न वडाहरुमा […]

भाषणमा रमाउने नेताबाट विकास हुँदैनः मन्त्री पाण्डे

भरतपुर,९ मंसिर । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले भाषणमा रमाउने नेता भन्दा जनताको दुखमा साथ दिने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । भरतपुर–८ पारसनगरमा चौतारी महिला समूहको भेलालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले चुनावका बेला ठुला सपना देखाउँदै भोट माग्न आउने नेतालाई उसको विगतको कार्यसम्पादन हेरेर फैसला गर्नुपर्ने बताए । उनले सँधै नेता बन्न खोज्ने तर […]

लोकतन्त्र विरोधि सल्बलाएका छन् ः प्रचण्ड

भरतपुर,९ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधीहरु अहिले पनि सल्बलाई रहेको बताएका छन् । चितवन क्षेत्र नं ३ बामगठबन्धले भरतपुर महानगरपालिका २६ ज्योती नगर बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई नउठाई गणतन्त्र विरोधीलाई उम्मेदवार बनाएको आरोप लगाए । […]

कम्युनिष्टले मुलुकमा तानाशाही शासन लाद्न खोज्दै ः प्रधानमन्त्री देउवा

पाल्पा, ९ मंसिर (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टवादीले तानाशाही शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले मुलुकमा कम्युनिष्टवादीले शासन गरेर एकदलीय तानाशाही ल्याउन खोजेका छन् तर यसलाई नेपाली जनताले कदापी स्वीकार गर्ने छैनन् भन्नुभयो । कम्युनिष्टको एकदलीय […]

भोली सार्वजनिक विदा

९ मंसिर । सरकारले भोली प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सार्वजनिक विदा दिएको छ । भोली चुनाव हुने ३२ जिल्लामा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ / मन्त्रालयका अनुसार प्रदेश नम्बर १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सरकारी कार्यालय, […]

चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता ः अध्यक्ष ओली

पोखरा, ९ मंसिर (रासस) ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताउनुभएको छ । संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पष्ट […]

पेट बढ्यो, नो प्रोब्लम

प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका […]

कवि बिनोदीको महाकाव्यको गृह विमोचन

लेखराम सापकोटा / भरतपुर मंसिर ९ गते । छन्देली कवि गोविन्दराज बिनोदीको महाकाव्य कैकेयीको गृह विमोचन तथा अन्तरक्रिया शनिबार गरियो । चितवन साहित्य परिषद्को आयोजनामा परिषद्कै सभाहलमा गरिएको कार्यक्रममा प्रमुख अतिथी प्रेमविनोद नन्दन, चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, भुवनहरि सिग्देल, डा. केशव चालिसे र पुष्पराज पौडेलले संयुक्तरूपमा कृतिको विमोचन गर्नुभएको हो । अन्तरक्रिया कार्यक्रममा […]

नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत दिइने – अध्यक्ष ओली

९ (रासस) ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताउनुभएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वामगठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अव नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध […]

काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् ः प्रधानमन्त्री

नवलपरासी, ९ मंसिर (रासस) ः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन काँग्रेसलाई मतदान गर्न […]

‘२०७४’ चुनाव वर्ष

९ मंसिर (रासस) ः एकै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भइरहेकाले नेपालको निर्वाचन इतिहासमा विसं २०७४ निर्वाचनै निर्वाचनको वर्ष बनेको छ । अहिलेसम्मको इतिहासमा एकै वर्ष यति धेरै निर्वाचन भएको छैन । एक वर्ष संसदीय र अर्को वर्ष स्थानीय निर्वाचन गरेर वर्षैपिच्छे निर्वाचन भएपनि एकै वर्ष तीन तहको चुनाव भएको यो पहिलो हो […]

एमाले अध्यक्ष ओलीको घरमा बम

झापा, ९ मंसिर (रासस) ः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो । यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको […]

भरतपुरमा रक्तदान

शनिबार मंसिर ९ गते । लायन्स क्लब अफ भरतपुर हाइट र कामना सेवा विकास बैंकको संयुक्त आयोजना मा बृहत् रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयो । लायन्स क्लब अफ भरतपुर हाइटका अध्यक्ष देजकुमार गौतम र कामना सेवा विकास बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रूपमा सभापतित्व गर्नुभएको कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजन […]

कांग्रेस चितवनका पूर्व सचिवसहित सय बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेपाली कांग्रेस चितवनका पूर्व सचिव एवं नेपालकै सबैभन्दा पुरानो बखान सहकारीका अध्यक्ष मोहनसिंह लामासहित कांग्रेसका बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनको शिवनगरमा आयोजित कार्यक्रममा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दै कांग्रेस […]

चियासँग गिरि श्रीस मगर

लेखराम सापकोटा / भरतपुर मंसिर ९ गते शनिबार चितवनका स्रस्टाले शनिबार अलि फरक स्वादका कविता सुन्न पाए । चियासँग कविताको ३८ औं शृङ्खलामा उपस्थित भएर कवि गिरि श्रीस मगरले कविता सुनाउँदा स्रोताहरु चाख मानेर सुनिरहे । रुपन्देही निवासी कवि मगर एकल वाचनमा चितवनमा पहिलोपटक सुनिएका हुन् । प्रोक्सी एड शिर्षकको कविता सुनाएर प्रस्तुत भएका उनि […]