काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् ः प्रधानमन्त्री

नवलपरासी, ९ मंसिर (रासस) ः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वामपन्थीे जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले काँग्रेस जनतालाई मालिक बनाउने पार्टी हो भन्नुभयो ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “यस देशमा शान्ति र विकास नेपाली काँग्रेसले मात्र ल्याउनसक्छ । २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको काँग्रेसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हकअधिकार सुनिशिचत ग¥यो तर अहिलेको समयमा वामगबठन्धनले यस देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट