शनिबार मंसिर ९ गते ।
लायन्स क्लब अफ भरतपुर हाइट र कामना सेवा विकास बैंकको संयुक्त आयोजना मा बृहत् रक्तदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
लायन्स क्लब अफ भरतपुर हाइटका अध्यक्ष देजकुमार गौतम र कामना सेवा विकास बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रूपमा सभापतित्व गर्नुभएको कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष राजन गौतमले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा ७ जना डाक्टर र १७ जना महिला सहित ६० जनाले रक्तदान गरे । लायन्स क्लबले बार्षिक रूपमा गर्दै आएको कार्यक्रम अनुसार सेवा-कामना विकास बैंक सँग मिलेर रक्तदानको आयोजना गरिएको लायन्स क्लब अफ भरतपुरका पूर्व अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।





