लोकतन्त्र विरोधि सल्बलाएका छन् ः प्रचण्ड

भरतपुर,९ मंसिर ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधीहरु अहिले पनि सल्बलाई रहेको बताएका छन् । चितवन क्षेत्र नं ३ बामगठबन्धले भरतपुर महानगरपालिका २६ ज्योती नगर बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई नउठाई गणतन्त्र विरोधीलाई उम्मेदवार बनाएको आरोप लगाए ।
शान्ति सम्झैताको जिवित हस्ताक्षरकर्ता भएको नाताले र संविधान निमार्ण तथा कार्यन्यनको कार्यमा भूमिका खेलकाले आफुलाई भोट दिन अपिल गरे । उनले भने, “यस क्षेत्रमा प्रतिगमन, गणतन्त्रको विरोधीको उम्मेदवारी परेको छ, कांग्रेसको आफ्नै उम्मेदवार छैन त्यसैले विपीको समाजबाद र गिरिजा बाबुका हस्ताक्षरलाई सम्झिएर मलाई भोट दिनुपर्छ ।”

प्रचण्डले देश परिवर्तनको लागि भएको आन्दोलनलाई असहयोग गर्ने , गणतन्त्रलाई असफल बनाउन लागि पर्नेलाई भोट दिदा लोकतन्त्रको पक्षमा नहुने उल्लेख गरे । उनले साना दलले देशको विकास नहुने धारणा राखे । उनले प्रधानमन्त्री र राष्टपती बन्ने व्यक्ति कसरी टुरिष्ट हुन्छ भनेर प्रश्न गरेका छन् । यो निर्वाचनमार्फत अब देश राजनीतिक स्थायित्व र विकासको बाटोतर्फ उन्मुख हुने उनले बताए । मंसिर ३ गते छोरा प्रकाशको निधनपछि चुनावी कार्यक्रममा सरिक नभएका दाहालले शुक्रबारदेखि पुनः चितवनको चुनावी घरदैलो सुरु गरेका हुन् । अब आफूले चाहेजस्तो गरी कम्युनिस्टहरुको एउटा केन्द्र बनाउने नयाँ योजनाका साथ आफ्नो गृहजिल्लामा आएको र यसले नयाँ समाजवादको युगतिर लैजाने जिकिर गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट