कांग्रेस चितवनका पूर्व सचिवसहित सय बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

नेपाली कांग्रेस चितवनका पूर्व सचिव एवं नेपालकै सबैभन्दा पुरानो बखान सहकारीका अध्यक्ष मोहनसिंह लामासहित कांग्रेसका बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चितवनको शिवनगरमा आयोजित कार्यक्रममा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै कांग्रेस नेता लामाले नेपाली कांग्रेसले नागरिक र देशको पक्षमा कुनै काम गर्न नसकेकाले आफू माओवादीमा आएको बताउनुभयो । पार्टी प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सही समयमा सही निर्णय गर्ने नेताहरुलाई उचित जिम्मेवारी दिइने बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट