मकवानपुर, ५ पुस ।
मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती ८ का ४२ वर्षीय अमर पाख्रिन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
विहीबार साझ बागमती ८ साततलेमा बागमती प्रदेश ०३-००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पाख्रिन गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
मृतकको शव हेटौंडा अस्पतालमै रहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




