हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव सुरु

मकवानपुर, ५ पुस । हेटौंडामा बिहीबारबाट बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल काठमाडौंको संयुक्त आयोजनामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवकाे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गरेकी हुन् । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा सुरु महाेत्सवकाे उद्घाटन गर्दै […]

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मकवानपुर, ५ पुस । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती ८ का ४२ वर्षीय अमर पाख्रिन रहेको मकवानपुर प्रहरीले जनाएको छ । विहीबार साझ बागमती ८ साततलेमा बागमती प्रदेश ०३-००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल  अनियन्त्रित भइ दुर्घटना हुँदा पाख्रिन गम्भिर घाईते भएका थिए । उनलाई  […]

हेटौंडामा खाना महोत्सव हुने

मकवानपुर, ५ पुस । मकवानपुरकाे हेटौंडामा सडक खाना महाेत्सव हुने भएकाे छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा तीन दिन सडक खाना महोत्सव हुने भएको हाे । आगामी पुस १३ गतेदेखि १५ गते हेटौंडा–४, हुप्रचौरमा सडक खाना महोत्सव आयोजना गरिने एसोसिएसनले बिहीबार पत्रकार भेटघाट गरी जानकारी गराएकाे दिएकाे हाे । २०६५ सालदेखि गरिँदै आएको महोत्सव २०७६ […]

मेयर दाहालद्वारा नगर प्रहरी बलको भवन शिलान्यास

भरतपुर, ५ पुस । भरतपुर महानगरपालिकाको नगर प्रहरी बलको भवनको बिहीबार शिलान्यास गरिएको छ । भवनको शिलान्यास संयुक्त रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले गरेका हुन् । निर्माणाधीन प्रशासकीय भवनको उत्तरतर्फ १९२९ दशमलव ८ वर्ग फिट क्षेत्रफलमा ३ तले भवन निर्माण हुन लागेको हो । भवनमा […]

बागमतीका कराँते खेलाडी दीक्षित

चितवन, ५ पुस । बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना र नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुर कभर्ड हलमा चार दिनसम्म चलेको समारोह बिहीबार सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका १२ जिल्लाबाट सहभागी करिब दुई सय जना खेलाडीहरु सहभागी थिए । […]

गुरुकुलमा `व्यवसायको प्रबर्द्धनमा मिडियाको भूमिका´ बारे छलफल

भरतपुर, ५ पुस । भरतपुरको गुरुकुल स्कुलमा ‘व्यवसायको प्रबर्द्धनमा मिडियाको भूमिका’ बारेमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । हरेक हप्ता नियमित अतिरिक्त क्रियाकलापका कार्यक्रम गर्दै आएको गुरुकुलले बिहीबार कक्षा १२ व्यवस्थापन दिवा शत्रका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको हो । स्कुलमा व्यवस्थापन दिवा संकायका कार्यक्रम संयोजक सुशील रेग्मीले संयोजन गरेको कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिताका सहायक […]

ट्रयाक्टर दुर्घटनामा एकैघरका पाँच जनाको मृत्यु

जाजरकोट, ५ पुस । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर […]

हात्ती धपाउन रातभर जाग्राम

बेदकोट (कञ्चनपुर), ५ पुस । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ । टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् । हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै […]