स्मेल हेभनमा शनिबारदेखि हुने एथ्लेटिक्स मिटको तयारी पूरा

भरतपुर, २९ मंसिर ।
भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा भोलि (शनिबार) देखि हुने नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटको तयारी पूरा भएको छ ।

स्मेल हेभनको आयोजनामा ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ हुन लागेको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बिहान ११ बजे उद्घाटन गर्नेछन् । पुस २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका करिब ४० संस्थागत विद्यालय सहभागी हुनेछन् ।

सहभागी खेलाडीहरुले विभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै चार गुणा सय मिटर रिले, चार गुणाचार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।

यस्तै महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय मिटर रिले, चार गुणा चार सय मिटर, सट पुट, लङ्ग जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२/१२ स्वर्ण, १२/१२ रजत र १२/१२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

न्यौपानेका अनुसार विद्यालयले हरेक दुई-दुई वर्षमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत उनको दाबी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट