पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

भरतपुर, २९ मंसिर । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो । मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । […]

रत्ननगरमा रक्तसञ्चार इकाईको उद्घाटन

रत्ननगर, २९ मंसिर । रत्ननगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर चितवनको मातहतमा सञ्चालित रत्ननगर नगरपालिका रक्तसञ्चार इकाईको उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका सभापति बालकृष्ण चापागाईको सभापतित्व एवं रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्लाद सापकोटाको प्रमुख आतिथ्य तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय […]

स्मेल हेभनमा शनिबारदेखि हुने एथ्लेटिक्स मिटको तयारी पूरा

भरतपुर, २९ मंसिर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा भोलि (शनिबार) देखि हुने नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटको तयारी पूरा भएको छ । स्मेल हेभनको आयोजनामा ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ हुन लागेको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बिहान ११ बजे उद्घाटन गर्नेछन् । पुस […]

चेपाङ विद्यार्थीलाई कोअपरेटिभ म्यानेजर्स क्लब र युनिक साकोसको सहयोग

भरतपुर, २९ मंसिर । चितवन जिल्लाका सहकारी प्रबन्धकहरूको समूह कोअपरेटिभ म्यानेजर्स क्लबले इच्छाकामना गाउँमा बसोबास गर्ने चेपाङ समुदायका विद्यार्थीहरुलाई शैक्षिकसामग्री उपलब्ध गराएको छ । क्लबले शुक्रबार राष्ट्रिय माध्यमिक विद्यालय हात्तिबाङमा आयोजित एक कार्यक्रमकाबीच डस्टबिन, स्टेशनरी सामग्री र खाद्यवस्तु वितरण गरेको हो । रत्ननगर नगरपालिका टाँडीस्थित युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष जनकराज पौडेलको […]

गैंडाकोट खानेपानीद्वारा डस्टबिन वितरण

गैंडाकोट, २९ मंसिर । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समूहले गैंडाकोटमा रहेका आफ्नो क्षेत्राधिकार भित्र पर्ने वडाहरुलाई डस्टबिन वितरण गरेको छ । शुक्रबार आफ्नै सभाहलमा वार्षिक साधारणसभामा प्रस्तुत प्रस्तावित कार्यक्रम अनुसार सरसफाइ सम्बन्धि सचेतनाको लागि संस्थाकै सुरक्षा उपसमितिमार्फत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तेजप्रसाद घिमिरे, […]

चितवन हिमाल डेन्टलको वार्षिकोत्सवमा नि:शुल्क दन्त परीक्षण हुने

भरतपुर, २९ मंसिर । नारायणगढको शहीदचोकमा रहेको चितवन हिमाल डेन्टल प्रालिले सेवाको २० औं वार्षिकोत्सवका अवसरमा नि:शुल्क दन्त परीक्षण गर्ने भएको छ । डेन्टलले सेवाको २०औं वर्ष पार गरी २१औं वर्ष प्रवेश गरेको अवसरमा आउंँदो पुष १ गतेदेखि डेन्टलकै परिषरमा शिविर गर्न लागेको हो । सो अवसरमा डेन्टलले दन्त सम्बन्धी सम्पूर्ण समस्या र रोगको परीक्षण […]

स्वेटर र शैक्षिकसामग्री पाएर कमलपुरका विद्यार्थी खुसी

भरतपुर, २९ मंसिर । नारायणगढ – मुग्लिङ सडकखण्डको मध्येभाग गाइघाटबाट ठाडै उक्लिएपछि करिब एक घण्टाको पैदल यात्रामा पुगिन्छ कमलपुर । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने यो स्थानमा गुरुङ, चेपाङ, दलितलगायतका जातजातिको बसोबास छ । मुख्यतया कोदो, मकैको खेती हुने यो गाउँको भिरालो जमिन सधैं हरियाली देखिन्छ । यहि भिरालोमा छ राष्ट्रिय आधारभूत विद्यालय […]

कांग्रेसले तेस्रोपटक सार्‍यो महासमिति बैठक

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तेस्रोपटक महासमितिको बैठक सार्दै फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको […]

सुदूरपश्चिम महोत्सवमा रुबिनाको धमाकादार प्रस्तुति

धनगढी, २९ मंसिर । नृत्याङ्गना रुबिना क्षेत्रीले सुदूरपश्चिम महोत्सवमा तहल्का पिटेकी छन् । बुधबार महोत्सवको छैटौं दिन आफ्नो नृत्यमार्फत धनगढीबासीलाई रुबिनाले झुमाएकी हुन् । आकर्षक जिउडाल, स्टेजबाट दर्शक दीर्घातिर फर्किएर उनले गर्ने हाउभाउ र जोशिलो प्रस्तुतिले उनी दर्शकको मनमा तानिएकी थिइन । उनले बुधबार घन्किदे मादलु, खुलेर पिरती लाउँला, सोचेझैँ जिन्दगी रैनछलगायत गीतमा नृत्य गरेकी […]

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मकवानपुर, २९ मंसिर । मकवानपुरको भीमफेदी गाउँपालिकामा  मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय विकल सारु मगर रहेका छन् । भीमफेदी–कुलेखनी–काठमाडौं सडक खण्ड अन्तरगत भीमफेदी–६ जुरीखेतमा काठमाडौंतर्फबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०२–००८ प ४२४० […]

बकैया र पञ्चशील जिल्ला लिगकाे लागि छनोट

मकवानपुर, २९ मंसिर । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युबा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै बकैया र पञ्चशील जिल्ला लिगकाे लागि छनोट भएका हुन् । छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युबा […]