कांग्रेसले तेस्रोपटक सार्‍यो महासमिति बैठक

काठमाडौं, २९ मंसिर ।
नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तेस्रोपटक महासमितिको बैठक सार्दै फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ गतेसम्म पुर्‍याएको थियो । फेरि उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको थियो ।

बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट