सुदूरपश्चिम महोत्सवमा रुबिनाको धमाकादार प्रस्तुति

धनगढी, २९ मंसिर ।
नृत्याङ्गना रुबिना क्षेत्रीले सुदूरपश्चिम महोत्सवमा तहल्का पिटेकी छन् । बुधबार महोत्सवको छैटौं दिन आफ्नो नृत्यमार्फत धनगढीबासीलाई रुबिनाले झुमाएकी हुन् । आकर्षक जिउडाल, स्टेजबाट दर्शक दीर्घातिर फर्किएर उनले गर्ने हाउभाउ र जोशिलो प्रस्तुतिले उनी दर्शकको मनमा तानिएकी थिइन । उनले बुधबार घन्किदे मादलु, खुलेर पिरती लाउँला, सोचेझैँ जिन्दगी रैनछलगायत गीतमा नृत्य गरेकी हुन् ।

करिब ८ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय अधिकारी अहिले देशभरीकै मेला महोत्सवमा आयोजकको पहिलो रोजाईको नृत्याङ्गनाको रूपमा रहने गरेकी छिन् । उनले सुदूरपश्चिम प्रदेश, कर्णाली र उनको गृह प्रदेश लुम्बिनीका प्राय: सबै महोत्सवमा आफ्नो प्रस्तुति दिसकेकी छन् ।

स्नातक पढेर सकाएकी रुबिनाले कलाकारिताका कारण पढाइ अगाडि बढाउन नसकेको भन्दै छिट्टै मास्टर्सको तयारी गरिरहेकोको बताउँछिन् । उनी स्टेज कार्यक्रमसँगै अभिनयमा समेत व्यस्त हुने गरेकी छन् । हालसम्म करिब ३ सयभन्दा बढी गीतमा अभिनय गरिसकेकी रुबिनाले अभिनय गरेका दर्जन बढी गीतहरु सामाजिक संजाल र युट्युबमासमेत ट्रेण्डिङ्गमा परेका थिए । उनले अभिनय गरेको तीज गीत `सोचेझैँ जिन्दगी रैनछ´ अत्यन्तै चर्चामा रहेको गीत हो । सो गीतपछि आफूलाई सांगीतिक क्षेत्रमा व्यस्तता बढाएको रुबिना बताउँछिन् । आफ्नो उत्कृष्ट अभिनयका कारण रुबिनाले विभिन्न राष्ट्रिय अवार्ड प्राप्त गर्नुका साथै विदेश भ्रमणसमेत गरिसकेकी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट