मकवानपुर, २९ मंसिर ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय विकल सारु मगर रहेका छन् ।
भीमफेदी–कुलेखनी–काठमाडौं सडक खण्ड अन्तरगत भीमफेदी–६ जुरीखेतमा काठमाडौंतर्फबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा विकल गम्भीर घाइते भएका थिए । बिकल सडकबाट १ सय मिटर तल खसी गम्भीर घाईते भएकोका थिए । उनकाे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाका मोटरसाइकलमा सवार मकवानपुर मनहरी ९ बस्ने २४ वर्षीय प्रशान्त गिरी घाइते भएका छन् । उनकाे हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





