गैंडाकोट खानेपानीद्वारा डस्टबिन वितरण

गैंडाकोट, २९ मंसिर ।
गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समूहले गैंडाकोटमा रहेका आफ्नो क्षेत्राधिकार भित्र पर्ने वडाहरुलाई डस्टबिन वितरण गरेको छ ।

शुक्रबार आफ्नै सभाहलमा वार्षिक साधारणसभामा प्रस्तुत प्रस्तावित कार्यक्रम अनुसार सरसफाइ सम्बन्धि सचेतनाको लागि संस्थाकै सुरक्षा उपसमितिमार्फत उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तेजप्रसाद घिमिरे, वडा नम्बर १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, वडा नम्बर २ का अध्यक्ष प्रकाश सापकोटालगायत संस्थाको क्षेत्राधिकार भित्र पर्ने वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रत्येक वडामा फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले वार्षिक कार्यक्रमअन्तर्गत डस्टबिन वितरण गरेकोमा संस्थालाई धन्यवाद दिँदै गैंडाकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तेजप्रसाद घिमिरेले आगामी दिनमा स्थानीयले समेत नगरलाई हराभरा र फोहोरमैला मुक्त बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा उपस्थित वडा नम्बर १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले आफ्नो मन्तव्य राख्दै सांकेतिक रुपमा सरोकारवालालाई जिम्मेवार बनाउने, सामाजिक उत्तरदायित्व पूरा गर्ने र रचनात्मक काम अघि बढाउनको लागि डस्टबिन व्यवस्थापनमा आफ्नो वडाले समेत सहकार्य गर्ने बताए ।

हस्तान्तरण कार्यक्रममा गैंडाकोट नगरपालिका फोहरमैला व्यवस्थापन संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटाले नगर भित्र रहेका सामाजिक संघसंस्थाले यसरी फोहरमैला व्यवस्थापनमा हातेमालो गर्नसके समग्र नगरकै फोहरमैला समस्या निराकरण हुने बताए ।

गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै न्यौपानेले जनस्वास्थ्य, वातावरणीय दिगोपन र सामाजिक विकास प्रवर्द्धनमा संस्थाले आगामी दिनमा नवीनतम कार्यक्रम राख्दै जाने र संस्थाको हरेक गतिविधिमा स्थानीय, जनप्रतिनिधि र उपभोक्ताले हातमालो गर्नुपर्नेमा जोड दिए । संस्थाका व्यवस्थापक रवीन्द्र घिमिरेले सहजीकरण गरेको कार्यक्रमको सहसचिव कृष्णप्रसाद काफ्लेले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट