चितवन हिमाल डेन्टलको वार्षिकोत्सवमा नि:शुल्क दन्त परीक्षण हुने

भरतपुर, २९ मंसिर ।
नारायणगढको शहीदचोकमा रहेको चितवन हिमाल डेन्टल प्रालिले सेवाको २० औं वार्षिकोत्सवका अवसरमा नि:शुल्क दन्त परीक्षण गर्ने भएको छ ।

डेन्टलले सेवाको २०औं वर्ष पार गरी २१औं वर्ष प्रवेश गरेको अवसरमा आउंँदो पुष १ गतेदेखि डेन्टलकै परिषरमा शिविर गर्न लागेको हो । सो अवसरमा डेन्टलले दन्त सम्बन्धी सम्पूर्ण समस्या र रोगको परीक्षण निःशुल्क र उपचारमा ३० प्रतिशत छुट दिने डेन्टलका सञ्चालक जयराम जोशीले जानकारी दिए ।

डेन्टलले सेवाग्राहीको दन्त परीक्षण र सेवालाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि दोस्रो शाखा लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरमा पनि पुष १ गतेदेखिनै निःशुल्क शिविर सञ्चालन गर्न लागेको छ । ‘हाम्रा सेवाग्राहीलाई ध्यानमा राखी २०औं वार्षिकोत्सवमा दुईवटै ठाउंँबाट निःशुल्क सेवा दिदैछौं ।´ सञ्चालक जोशीले भने – `हामीले दन्त सम्बन्धी परीक्षण र उपचारलाई सबैको पहुँचमा पुर्‍याउन पनि १५ दिनसम्म नि:शुल्क शिविर आयोजना गरेका हौं । यो हाम्रो संस्थागत दायित्व पनि हो ।’

शिविरमा दक्ष चिकित्सक, नर्स, प्राविधिक सहितको टोलीले परीक्षण, परामर्श उपचार दिने भएकोले नि:शुल्क शिविरको लाभ लिन समेत जोशीले आग्रह गरे ।

हाल चितवन हिमाल डेन्टलमा दांँत सम्बन्धी निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिँजा सुनिने, श्वास गन्हाउने, गिँजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट