अधिकृत व्यवसायी संघले दियो ह्वीलचेयर

भरतपुर, २७ मंसिर ।
अधिकृत व्यवसायी संघ चितवनको सचिवालयमा आज एक कार्यक्रमको आयोजना गरी ह्वीलचेयर हस्तान्तरण गरेको छ । ह्वीलचेयर हस्तान्तरण गर्दै अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले संघ व्यवसायीमुखी काममा मात्र सिमित नभई सेवामुखी कार्यमा समेत सधैँ सक्रिय भएर लाग्ने बताए । कार्यक्रममा ह्वीलचेयर लिँदै भरतपुर महानगरपालिका वडा नम्बर २ की धनमायाँ भुजेलले लामो समयदेखि अर्काले बोकेर हिँडडुल गराउनु पर्ने भएकाले समस्या भएको र अब ह्वीलचेयर सहयोग प्राप्त भएकोले समस्या समधान हुने भन्दै खुसी व्यक्त गरिन् ।

अधिकृत व्यवसायी संघ चितवनका उपाध्यक्ष रामजी घिमिरेको संयोजनमा भएको ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा नेपाल वितरक महासंघका उपाध्यक्ष एवं अधिकृत व्यवसायी संघ–चितवनका पूर्वअध्यक्ष दुर्गाप्रसाद गौतम, अधिकृत व्यवसायी संघका निवर्तमान अध्यक्ष रविकुमार श्रेष्ठ, पूर्वअध्यक्ष प्रद्युम्न सापकोटा, जीवनाथ पौडेल, महासचिव मनोज रौनियार, कार्यसमिति सदस्य उद्धव अधिकारी, मनोज न्यौपाने, निर्मल ढकाल, नितेश महेश्वरी र धनमायाँ भुजेल र उनका श्रीमानको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट