अधिकृत व्यवसायी संघले दियो ह्वीलचेयर

भरतपुर, २७ मंसिर । अधिकृत व्यवसायी संघ चितवनको सचिवालयमा आज एक कार्यक्रमको आयोजना गरी ह्वीलचेयर हस्तान्तरण गरेको छ । ह्वीलचेयर हस्तान्तरण गर्दै अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले संघ व्यवसायीमुखी काममा मात्र सिमित नभई सेवामुखी कार्यमा समेत सधैँ सक्रिय भएर लाग्ने बताए । कार्यक्रममा ह्वीलचेयर लिँदै भरतपुर महानगरपालिका वडा नम्बर २ की धनमायाँ भुजेलले लामो […]
हंस सहकारीको रक्तदान

भरतपुर, २७ मंसिर । नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १४ औं वार्षिकोत्सवको अवसरमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय बासिन्दा गरी ९ जना महिलासहित ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा […]
ट्रकको ठक्करबाट बालकको मृत्यु

मकवानपुर, २७ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राष्ट्रिय आधारभूत विद्यालय मनहरी रमनटारमा कक्षा १ मा पढ्ने विद्यार्थी उमेश प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार बिहान मनहरी ७ रमनटारस्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले अन्दाजी ६/७ […]
मानवसेवा आश्रमको नवनिर्मित भवन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

मकवानपुर, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेटौंडा आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार मानवसेवा आश्रमको नवनिर्मित भवन उद्घाटनका लागि आउन लागेका हुन् । १२ करोड रुपैयाँ लागतमा आश्रमको अपाङ्ग, अशक्तमैत्री भवन निर्माण भएको छ । २०६९ भदौ १३ स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय […]
नारायणगढ–मुग्लिङ सडकखण्डः थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

भरतपुर, २७ मंसिर । नारायणगढ–मुग्लिङ सडकखण्डमा निर्माण हुँदै गरेका थप आठवटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिङ)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार मंसिर महिनामा चार नयाँ पुल सञ्चालनमा आएका छन् । थप आठवटा पुल दुई […]
पिटर जे कार्थकको अन्तिम उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ सार्वजनिक

काठमाडौं, २७ मंसिर । स्वर्गीय लेखक, सङ्गीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौंको लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थकपत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे […]
२०८० मंसिर २७ गते बुधबारको कायाकैरन दैनिक (ePaper)
