ट्रकको ठक्करबाट बालकको मृत्यु

मकवानपुर, २७ मंसिर ।
मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राष्ट्रिय आधारभूत विद्यालय मनहरी रमनटारमा  कक्षा १ मा पढ्ने विद्यार्थी उमेश प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

बुधबार बिहान मनहरी ७ रमनटारस्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले अन्दाजी ६/७ वर्षका प्रजालाई ठक्कर दिँदा गम्भीर घाईते भएका थिए ।  प्रजालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाएकोमा भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा बुधबार बिहान डाक्टरले मृत घोषणा गरेका हुन् ।

मकवानपुर प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट