रोटर्याक्ट क्लब भरतपुरले मनायो स्थापना दिवस

भरतपुर, ९ मंसिर ।
रोटर्याक्ट क्लब अफ भरतपुरले स्थापनाको १९औँ वर्ष पूरा गरेको छ । मंसिर ९ गते शनिबारका दिन दियालो फुडल्याण्ड चितवनमा एक कार्यक्रम गर्दै क्लबले १९औँ चार्टरडे मनाएको हो ।

कार्यक्रममा रोटर्याक्ट क्लब अफ भरतपुरका संस्थापक सदस्य, पूर्व अध्यक्ष, रोटरी क्लब अफ भरतपुरका रोटरीयनलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै संस्थापक सदस्य एवं पूर्व अध्यक्षहरुले बिगतका दिनमा आफूले गरेका सामाजिक कामका बारेमा जानकारी दिँदै आउने दिनहरुमा थप यस्तै कार्यहरु गर्न अभिप्रेरित गरेका थिए । क्लबले आउने दिनहरुमा पनि बिगतका दिनमा जस्तै निरन्तर साथ र सहयोग पाइरहने कुरामा पूर्वअध्यक्षहरूले विश्वस्त पारेका थिए ।

रोटर्याक्ट क्लब अफ भरतपुर सन् २००४ मा स्थापना भएको हो । स्थापना कालदेखि नै क्लबले चितवनलगायत वरिपरिका ठाउँहरुको सामाजिक उन्नतिका निम्ति शिक्षा, स्वास्थ्यलगायत अन्य विधाहरुमा काम गर्दै आएको छ ।

चार्टरडेको अवसर पार्दै क्लबले सोही दिन बिहान गैंडाकोटको तेइस स्मृति पुलमा गई दैनिक उपभोग्य खानेकुराहरु दान गरेको थियो भने दिउँसो चितवन मानवसेवा आश्रममा रहेका आमाबुवाहरुलाई खाजाका रुपमा भेज मःमः र जुस खुवाएको क्लबका सम्पादक रोटर्याक्टर सुशान्त रेग्मीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट