चाैतारी साकोसकाे अध्यक्षमा सिलवाल निर्वाचित

भरतपुर, ९ मंसिर ।
नारायणगढस्थित चाैतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामशरण सिलवाल निर्वाचित भएका छन् । संस्थाकाे १२औँ साधारणसभाले सिलवालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा दिनेश खनाल, सचिवमा डिलप्रसाद न्यूरे र सहसचिवमा निर्मला शर्मा तिमिल्सिना चयन हुनुभएको छ । चार वर्षे कार्यकाल रहने समितिकाे सदस्यमा सरस्वती आचार्य, उमा न्याैपाने, जगन्नाथ न्याैपाने, विजय तिमिल्सिना, रमादेवी चापागाईं न्याैपाने र नवराज शर्मा चयन भएका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा तेजेन्द्रप्रसाद पाैडेल, सदस्यहरुमा सुदर्शन घिमिरे र अच्युत न्याैपाने चयन भएको निर्वाचन समिति सदस्य उद्दव लाेहाेनीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष सिलवालले सहकारीको सिद्धान्त र मर्म अनुसार कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाए । एक हजार चार सय ६८ शेयर सदस्य रहेको चाैतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कूल पूँजी २९ कराेड रुपैयाँ रहेको छ ।

शुक्रबार भएको कार्यक्रमकाे औपचारिक उद्घाटन समाराेहका प्रमुख अतिथि भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले स्थानीय स्तरमा ठूलो आर्थिक सहयोग गरेको उल्लेख गरे । अहिले आर्थिक परिवेश बिग्रिएकाे समयमा ऋण प्रवाह र बचत संकलनमा विशेष ध्यान दिन उनले आग्रह गरे ।

साे अवसरमा उत्कृष्ट बचतकर्ता, असल काराेबारी, दैनिक बचतकर्ता, जेष्ठ सदस्य, बालवचत सदस्य, पूर्व सल्लाहकार, कर्मचारीलगायतलाई सम्मान गरिएको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट