मकवानपुरमा ७६० जनामा डेंगु संक्रमण

मकवानपुर, ४ मंसिर ।
मकवानपुरमा ७ सय ६० जनामा डेंगु संक्रमण भएकाे छ । गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७ सय ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा ३ सय ८८ जना पुरुषलाई डेंगु संक्रमण हुँदा ३ सय ७२ जना महिलामा संक्रमण भएकाे छ । जिल्लाका डेंगु संक्रमितमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिमा ५ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

यसैगरी थाहा नगरपालिकामा ३ जनामा, मकवानपुरगढी गाउँपालिकामा २० जनामा, बागमती गाउँपालिकामा २४ जनामा, मनहरी गाउँपालिकामा ६८ जनामा, इन्द्रसरोवर गाउँपालिकामा ४ जनामा, भीमफेदी गाउँपालिकामा ३७ जनामा, बकैया गाउँपालिकामा २५ जनामा र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ । मकवानपुरमा उक्त अवधिमा अन्य जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म मकवानपुरमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट