राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमण

भरतपुर, ४ मंसिर । मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि यूएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । इजरायली तोपखानाले हजारौँ विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर महिला र बालबालिकासहित १२ […]

एउटै कोठामा दाजुभाइ मृत फेला

तुलसीपुर, ४ मंसिर । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका […]

काठमाडौंमा माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

भरतपुर, ४ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा मंसिर ७ गते हुन लागेका दुई वटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गरेर निषेधित क्षेत्र थप गरेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूलहुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित […]

मकवानपुरमा ७६० जनामा डेंगु संक्रमण

मकवानपुर, ४ मंसिर । मकवानपुरमा ७ सय ६० जनामा डेंगु संक्रमण भएकाे छ । गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७ सय ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा ३ सय ८८ जना पुरुषलाई डेंगु संक्रमण हुँदा ३ सय ७२ जना महिलामा संक्रमण भएकाे छ । जिल्लाका डेंगु संक्रमितमध्ये […]

लेडी जेसीजकप महिला फुटबल मंगलबारदेखि

भरतपुर, ४ मंसिर । लेडी जेसीजकप राष्ट्रिय महिला फुटबल प्रतियोगिता मंसिर ५ गते मंगलबारदेखि हुनेभएको छ । नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा मंसिर ९ गते गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिइन् […]

पाटेबाघ मृत फेला

भरतपुर, ४ मंसिर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा सोमबार बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छ/सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उनले […]

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौँ, ४ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको भएको हो । […]

बागमती प्रदेशमा नुवाकोट अस्पताल उत्कृष्ट, हेटौंडा अस्पताल दोस्रो

हेटौंडा, ४ मंसिर । हेटौँडा अस्पताल बागमती प्रदेशको दोस्रो उत्कृष्ट अस्पताल भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षामा हेटौँडा अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित हुँदै सम्मानित भएको हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । बागमती प्रदेशका १३ वटा अस्पतालहरु मध्ये नुवाकोट अस्पताल प्रथम र धादिङ अस्पताल तेस्रो भएको छ । […]

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

काठमाडौं, ४ मंसिर । टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनुवाइ हुन लागेको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

भरतपुर, ४ मंसिर । उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर यस वर्षको छठ पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज नारायणगढस्थित नारायणी नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । व्रत नबसेकाहरूले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको […]