रास्वपाले थाल्यो देवचुलीमा घरदैलो अभियान

देवचुली, ३ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुलीले शनिबारदेखि घरदैलो अभियान थालेको छ । रास्वपाद्वारा मंसिर २, ३ र ४ गते देवचुली सहित नवलपुर- १ निर्वाचन क्षेत्रभित्र विभिन्न सांगठनिक तह रहेका पदाधिकारीहरु, सदस्यहरु सहित जनताका आवाज सुन्न घरदैलो कार्यक्रम गरिएको निर्वाचन क्षेत्र नम्बर- १ क्षेत्रीय सदस्य रामप्रसाद भुर्तेलले जानकारी दिए ।

रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो । ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’ नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गरेका हौं ”, गौतमले भने । यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

रास्वपाको घरदैलो अभियानमा नवलपुर क्षेत्र नम्बर- १ मा देखेका ३ वटा मुख्य समस्याहरुलाई प्राथमिकताका आधारमा सुनाउन आग्रह गरेका छन् । अभियानमा रास्वपाको १ वर्षको अवधिमा भएका गल्ती, कमीकमजोरीहरु औल्याउँदै पार्टीलाई आवश्यक सुझाव दिन समेत आग्रह गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट