रास्वपाले थाल्यो देवचुलीमा घरदैलो अभियान

देवचुली, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवचुलीले शनिबारदेखि घरदैलो अभियान थालेको छ । रास्वपाद्वारा मंसिर २, ३ र ४ गते देवचुली सहित नवलपुर- १ निर्वाचन क्षेत्रभित्र विभिन्न सांगठनिक तह रहेका पदाधिकारीहरु, सदस्यहरु सहित जनताका आवाज सुन्न घरदैलो कार्यक्रम गरिएको निर्वाचन क्षेत्र नम्बर- १ क्षेत्रीय सदस्य रामप्रसाद भुर्तेलले जानकारी दिए । रास्वपा गण्डकी प्रदेशका […]

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँपटक उचाल्यो विश्वकपको उपाधि

भरतपुर, ३ मंसिर । भारतलाई हराउँदै अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतलाई उसैको घरेलु मैदानमा ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौंपटक विश्वकपको ट्रफी उचालेको हो । लगातार १० खेल जितेर फाइनलमा पुगेको भारत उपाधि भिडन्तमा भने चुकेको छ । भारतले १२ वर्षयता एकदिवसीय विश्वकपको उपाधि जित्न सकेको छैन । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा […]

काठमाडौंमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने

काठमाडौं, ३ मंसिर । नेपालमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजना प्रदर्शनी आयोजना गरिएको हो । मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने पुस्तक प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश सहित दक्षिण एसिया क्षेत्रका विभिन्न देश चीन, अमेरिका, […]

राष्ट्रपति र उपराष्ट्रपतिले गरे छठीमाताको पूजा

काठमाडौँ, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठ पर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजा स्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरे । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजा स्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई […]

ट्रकको ठक्करबाट हेटौंडामा एक जनाको मृत्यु

मकवानपुर, ३ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ट्रकको ठक्करले एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा हेटौंडा- ६ कि निरा बजगाई रहेको मकवानपुर प्रहरीले जनाएको छ । आइतबार दिउँसो हेटौंडा ६ शान्तिटोल स्थित कान्तिलोकपथ सडक खण्डमा शिवमशिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लोड गरेको ना ७ ख १८१६ नं.को ट्रक हेटौंडा आउँदै गर्दा पैदल यात्री वर्ष ३८ […]

ग्रीनल्याण्डले पिबिएल मेला आयोजना गर्दै

भरतपुर, ४ मङसिर । भरतपुर- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले यही मंसिर ११ गते सोमबार `ग्रीनल्याण्ड पिबिएल मेला २०८०´ आयोजना गर्ने भएको छ । विद्यालय परिसरमा पहिलोपटक आयोजना हुनलागेको उक्त मेलामा शैक्षिकसत्र २०८० को अवधिमा विद्यार्थीहरुले मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्डलर्निङ अर्थात एमआईपी बिएल पद्धति अन्तर्गत सिक्ने क्रममा तयार पारेका विभिन्न पीबिएल प्रोजेक्टहरुमध्ये करिब ८४ […]

धौवादी–बुलिङटार सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई निकै सास्ती

दलदले, ३ मङ्सिर । पूर्वी नवलपरासी जिल्लाको पहाडी गाउँपालिका जोड्ने दलदले – धौवादी सडक निर्माण सुरु भएको ३५ वर्ष बितेको छ तर यो सडक स्तरोन्नति हुने छाँटकाँट देखिँदैन । यत्तिका वर्ष बित्दा पनि सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई निकै सास्ती भोग्नु परेको छ । यो सडक भएर यात्रा गर्नेले बर्सेनि सास्ती र हैरानी खेप्दै आएका छन् । स्तरोन्नतिका […]

टी-२० महिला क्रिकेटमा जपानलाई हराउँदै नेपाल तेस्रो

भरतपुर, ३ मंसिर । अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा नेपाल तेस्रो भएको छ । हङकङ क्रिकेट क्लबमा आईतबार भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो । ११६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जापानले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा मात्र ७० रन बनाएको हो । जापानको लागि लागि अकारी निशिमुराले २९ र हिनासे गोतोले […]

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर : सभापति देउवा

काठमाडौँ, ३ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरु हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले चाड–पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको उल्लेख गरे । छठ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने […]