ग्रीनल्याण्डले पिबिएल मेला आयोजना गर्दै

भरतपुर, ४ मङसिर ।
भरतपुर- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले यही मंसिर ११ गते सोमबार `ग्रीनल्याण्ड पिबिएल मेला २०८०´ आयोजना गर्ने भएको छ । विद्यालय परिसरमा पहिलोपटक आयोजना हुनलागेको उक्त मेलामा शैक्षिकसत्र २०८० को अवधिमा विद्यार्थीहरुले मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्डलर्निङ अर्थात एमआईपी बिएल पद्धति अन्तर्गत सिक्ने क्रममा तयार पारेका विभिन्न पीबिएल प्रोजेक्टहरुमध्ये करिब ८४ वटा चुनिएका प्रोजेक्टलाई प्रस्तुतिमा राखी आफ्ना सिकाई अनुभवहरु सविस्तार प्रस्तुत गर्नेछ ।

मेलामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको पूर्ण सहभागिता र कक्षा ८, ९, १० को आंशिक सहभागिता रहनेछ । पिबिएलको क्षेत्रमा सम्भवत: यो नेपालमै सबैभन्दा अथेन्टिक अभ्यासको प्रस्तुति हुने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल तथा फाउण्डर इन्दिरा कार्कीले शिक्षाविद् डा. होवार्डगार्नरको मल्टिपल ईन्टेलिजेन्सेज सिद्धान्त र शिक्षाविद् जोनडिवी, विलियमकिल्प्याट्रिक, जापियाजे, विगोट्स्की, आदिको प्रोग्रेसिभ शिक्षाको सिद्धान्तमा आधारित प्राजेक्ट बेस्डलर्निङ अर्थात पीबिएललाई उद्देश्यपरक संस्लेषण गरेर एमआई पिबिएल विधि निर्माण भएको जनाउँदै यसले विद्यार्थीहरुको फरकफरक इन्टेलजेन्स अनुसारका प्रोजेक्ट क्रियाकलापहरु गरेर सिकाईलाई वास्तविक जीवनसँग जोड्दै अनुभवमा आधारित गहिरो सिकाईको अवसर प्रदान गर्ने बताएका छन् ।

कार्यक्रममा विद्यालयले हरेक विद्यार्थीलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालन गरेको विशेष कार्यक्रममा प्रस्तुत भएका सिर्जनाहरु मध्येबाट छानिएका रचनाहरु संकलित ग्रीनल्याण्ड दर्पण-१ नामक पुस्तक पनि विमोचन गरिने भएको छ ।

गहिरो सिकाईका पिबिएल प्रोजेक्टहरुका अलावा विद्यार्थीहरुले आगन्तुकहरुको ब्लडग्रुपिङ गर्ने, रोबोटिक, जलविद्युत, रेनडिटेक्टर, आदि जस्ता विभिन्न मोडेलहरु प्रस्तुत गर्ने भरतपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम भरतपुर सेरोफेरोबाट सिकेका कुरा जस्तै आगन्तुकलाई विभिन्न परिकार बनाएर खुवाउने, धुपबत्ति, रबरब्यान्ड, बिरुवा उत्पादन तथा बिक्रीवितरण, मिनि म्यूजियम बनाउने, प्रतिभा प्रस्तुत गर्ने आदि जस्ता विभिन्न रमाइला गतिविधिहरु पनि हुने छन् ।

कार्यक्रम बिहान ११ बजे उदघाटनबाट सुरु भएर दिउँसो ३ बजेसम्म चल्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट