मकवानपुर, ३ मंसिर ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ट्रकको ठक्करले एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा हेटौंडा- ६ कि निरा बजगाई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो हेटौंडा ६ शान्तिटोल स्थित कान्तिलोकपथ सडक खण्डमा शिवमशिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लोड गरेको ना ७ ख १८१६ नं.को ट्रक हेटौंडा आउँदै गर्दा पैदल यात्री वर्ष ३८ की बजगाईलाई ठक्कर दिँदा घटनास्थल मै मृत्युु भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
बाटो क्रस गर्ने क्रममा बजगाईलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालक प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





