तासको खालबाट पक्राउ परेका ९ जना छुटे

हेटौंडा, १२ कात्तिक ।
हेटाैँडामा तासकाे खालबाट नियन्त्रणमा लिइएका ९ जना शुक्रबार छुटेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई बिहीबार नियन्त्रणमा लिएको थियो ।

बिहीबार साँझ हेटौंडा–७ स्थित गोकुलनाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

तास खेलिरहेको अवस्थामा हेटौंडा–८ का अजय खड्का, मन्दीप पौडेल, रोहितकुमार केसी, भरत तितुङ, हेटौंडा–७ का रुपक चौलागाई, वीरेन्द्र खत्री, सविन चौलागाई, गोकुलनाथ पौडेल र हेटौंडा–१५ का ओम घलानलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
तासको खालबाट प्रहरीले ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगदसहित तास खेलिरहेको स्थानबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले सरकारी वकिलको सहमतिमा हाजिरी जमानीमा छाडेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । कानूनमा भएको व्यवस्थाअनुसार नै हाजिरी जमानीमा छाडेको प्रहरीले जानकारी दिएकाे छ । अनुसन्धान अधिकृत वा सरकारी वकिलले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार नै छाडिएको हाे भण्डारीले भने ‘ मुद्दा प्रमुख जिल्ला अधिकारी समक्ष पेश हुनेछ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट