मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मकवानपुर, १२ कात्तिक ।
मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालक बागमती- ६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो । यस्तै मोटरसाइकलको पछाडि सवार बागमती- ६ ठाडीखोला बस्ने २२ वर्षीय प्रदीप लोप्चन घाइते भएका हुन् ।

असोज ८ गते बेलुका बागमती- ७ लामिटारस्थित मदन भण्डारी लोकमार्गमा झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना.३० प ३४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिन गई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते दर्लामीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौँ लगिएको थियो । उनको उपचारको क्रममा असोज १० गते राति डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते लोप्चनको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट