अटो दुर्घटना हुँदा ७ जना घाइते

मकवानपुर, ९ कात्तिक ।
मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

असोज ८ गते मंगलबार मकवानपुर गढी -७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा दुम्सीडाँडाबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अटो दुर्घटनामा मकवानपुर गढी- ७ सुकौरा बस्ने २३ वर्षीया मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बा, सुकौरा बस्ने २९ वर्षीय कृष्णबहादुर योन्जन, निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीया दिलमाया योन्जन, २२ वर्षीया हीरामाया योन्जन र २२ वर्षीय विकास योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बाको थप उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार अन्य घाइते उपचार पछि डिस्चार्ज भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट