कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ, ९ कात्तिक । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात  समाप्त हुने समितिले स्वीकृति […]

भरतपुरको विकास मोडलमा सहकार्य गर्न तयार छौँ : रुसी राजदूत

काठमाडौं, ९ कात्तिक । भरतपुर महानगरकी मेयर रेनु दाहाल र रुसी राजदूत असेक्सेई नोभिकोभबीच भेटवार्ता भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा मेयर रेनु दाहालले बिहीबार राजदूत नोभिकसँग भेटवार्ता गरेकी हुन् । नेपालस्थित रुसी दूतावास परिसरमा भएको भेटमा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । भेटका क्रममा भरतपुरका मेयर रेनु दाहालले रुससँग सहकार्य […]

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

जिउक्वान । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ […]

गठबन्धन पाँचैवर्ष जान्छ, माओवादी घटकहरुबीच एकता गर्नैपर्ने अवस्था आयो – प्रधानमन्त्री प्रचण्ड

रुकुम पश्चिम, ९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन पाँचैवर्ष अगाडि बढ्ने बताएका छन् । बिहीबार रुकुम-पश्चिम आएका प्रधानमन्त्री प्रचण्डले भने— `यो गठबन्धन पाँचैवर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।´ वर्तमान सरकार माओवादी केन्द्र एक्लैको नभएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, “यो माओवादीको एकल सरकार […]

अटो दुर्घटना हुँदा ७ जना घाइते

मकवानपुर, ९ कात्तिक । मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । असोज ८ गते मंगलबार मकवानपुर गढी -७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा दुम्सीडाँडाबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

भरतपुर, ९ कात्तिक । भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ । सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि […]

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

भरतपुर, ९ कात्तिक । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्व सकिएसँगै सञ्चालन भएका हुन् । असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर […]

अमेरिकामा गाेलाबारी : २२ जनाकाे मृत्यु, ५० भन्दा बढी घाइते

अमेरिकाकाे ल्यूइस्टन, मेनकाे एक रेस्टुरेन्टमा बुधबार राति अन्धाधुन्ध गाेलाबारी (मास शूटिङ) हुँदा २२ जनाकाे मृत्यु भएकाे छ । उक्त घटनामा करिब ६० जना घाइते भएका छन् । उनीहरूमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे छ । सीएनएनका अनुसार गाेलाबारी गर्ने बन्दुकधारी अझैसम्म नियन्त्रणमा नआएका कारण त्यहाँकाे स्थानीय प्रहरीले सर्वसाधारणहरूलाई सुरक्षित भएर लुक्न आग्रह गरेकाे छ । […]

हेटौंडामा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर, ९ कात्तिक । हेटौंडा उपमहानगरपालिका रातोमाटेमा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बिहीबार बिहान ५:५५ बजेको समयमा हेटौँडा १५ रातोमाटेस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा चुरियामाई मन्दिर तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिन गई दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको मकवानपुर प्रहरीले जानकारी […]