हेटौंडामा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर, ९ कात्तिक ।
हेटौंडा उपमहानगरपालिका रातोमाटेमा गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बिहीबार बिहान ५:५५ बजेको समयमा हेटौँडा १५ रातोमाटेस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा चुरियामाई मन्दिर तर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिन गई दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

क्रेन दुर्घटनामा सहचालक बिपिन महतोको उपचारको क्रममा मृत्यु भएको छ भने चालक दशरथ पासवान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार दुर्घटनामा चालक पर्सा जिल्ला बिरगंज ३० लालपर्सा बस्ने ३० वर्षीय पासवान सामान्य घाईते भएका थिए । साथै सहचालक पर्सा बिश्रामपुर बस्ने १८ वर्षीय महत्तोलाई क्रेनले च्यापिएकोमा उद्धार गरी दुबै जनालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा बिहान ६:५५ बजे सहचालक महतोलाई उपचारको क्रममा डक्टरले मृत घोषणा गरेका थिए ।

घाइते चालक पासवानको हेटौंडा अस्पताल उपचार भइरहेको तथा दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट