महानगरको अनुगमन जारी

भरतपुर, १ कात्तिक ।
भरतपुर महानगरपालिकाले बुधबार वडा नम्बर ८ र ९ मा रहेका मासु पसल, डेरी, होटेल, किराना तथा एग्रोभेटहरुको स्थलगत अनुगमन गरेको छ । ती वडामा रहेका पसलहरुमा चरम लापरबाही र हेलचक्राइ भएको गुनासो आएपछि महानगरले अनुगमन गरेको हो ।

अनुगमन टोलीले केही पसलबाट २४ थान अमिलो र दुई थान अचार बरामद गरी नष्ट गरेको छ । महानगरले दैनिक अनुगमनलाई उपभोक्तामुखी बनाउँदै आइरहेको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिए । “महानगरपालिका भनेको उपभोक्ताहरुको स्थानीय सरकार हो” सापकोटाले भने, “स्थानीय सरकारको प्रत्याभूति हुने गरि महानगरले बजार अनुगमन गर्ने गर्दछ ।”

चाडपर्व आएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै भरतपुर महानगरले बजार अनुगमन गरिरहेको छ । चाडपर्वमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अवाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्वभित्र पर्दछ । “महानगरले गर्नुपर्ने अन्य अनुगमनका पाटाहरु पनि छन् तर अहिले ती सबै अनुगमनहरुलाई थाँती राख्दै खाद्यान्न, तरकारी लगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार लगायतका क्षेत्रमा केन्द्रित हुनुपर्छ” सापकोटाले भने ।

भरतपुर महानगरका पशु चिकित्सक डा श्याम देवकोटाले पहिलेको तुलनामा मासु तथा दूध पसलहरुमा व्यापक सुधार आएको बताए । “दशैँ हो भन्दैमा अनियमित तरिकाबाट मासु तथा दूधको सेवन नगर्न उपभोक्ताहरुलाई मेरो आग्रह छ” देवकोटाले भने, “सामान्य समयमा जस्तै नियमित र पाचन हुनसक्ने खाना तथा परिकारहरु खान मेरो अनुरोध छ ।”
अनुगमन कार्य भरतपुर महानगरको नियमित दैनिक कार्यसूचीमै पर्दछ । दैनिक कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य विष्णुबहादुर भुजेलले बताए ।

अनुगमनमा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य विष्णुबहादुर भुजेल, पशु चिकित्सक डाक्टर श्याम देवकोटा, नगर प्रहरी प्रमुख मेघराज भट्टराई, पत्रकार तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट