महानगरको अनुगमन जारी

भरतपुर, १ कात्तिक । भरतपुर महानगरपालिकाले बुधबार वडा नम्बर ८ र ९ मा रहेका मासु पसल, डेरी, होटेल, किराना तथा एग्रोभेटहरुको स्थलगत अनुगमन गरेको छ । ती वडामा रहेका पसलहरुमा चरम लापरबाही र हेलचक्राइ भएको गुनासो आएपछि महानगरले अनुगमन गरेको हो । अनुगमन टोलीले केही पसलबाट २४ थान अमिलो र दुई थान अचार बरामद गरी […]
कावासोतीका विशाल राना अमेरिका क्षेत्रको युवा उपसंयोजक निर्विरोध

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको युवा सहसंयोजकमा विशाल राना निर्वाचित भएका छन् । महाधिवेशनका लागि उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । उनको जिम्मेवारीमा उत्तर अमेरिका र दक्षिण अमेरिका क्षेत्र पर्छ । रानाले अमेरिकामा व्यवसाय गर्दै आएका छन् । अमेरिकाको विस्कन्सन राज्यमा बसोबास गर्छन् । उनी सन् २०१६ मा अमेरिका […]
भीमफेदी कारागारका कैदीबन्दीलाई खाद्यान्न

मकवानपुर, १ कात्तिक । कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खाद्यान्न सहयाेग गरेकाे छ । नेपालीहरुको महान चाड दशैंकाे उपलक्ष्यमा पालिकाले खसी र खाद्यान्न कारागारका कैदीबन्दीलाई उपलब्ध सहयाेग गरेकाे हाे । पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले दशैंकाे लागि २ वटा खसी, चिउरा र तेल कारागारलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष मुक्तानसहितको टोलीले […]
`आगो लिएर गाउँ गाउँमा´ आए कवि गणेश

भरतपुर, १ कात्तिक । कवि गणेश श्रमणको `आगो लिएर गाउँ गाउँमा´ कवितासङ्ग्रहको गृह विमोचन गरिएको छ । बुधबार सम्पूर्ण किताबमा आयोजना गरिएको कार्यक्रममा कविहरू एलबी क्षेत्री, केदारनाथ खनाल, उदय अधिकारी, रमेश प्रभात र डाक्टर हेमनाथ घिमिरेले पुस्तक विमोचन गरेका हुन् । विमोचनपछि बोल्दै समीक्षक रमेश प्रभातले कवि गणेश श्रमण गतिशील व्यक्तित्व भएका लेखक भएको बताए […]
‘आगो लिएर गाउँ गाउँमा’ चाहार्ने कविको खोजी

कवि गणेश श्रमण (२०३१) मेरो नजरमा कविभन्दा पनि एक असल मित्र हुन्, रसिक यात्री हुन् र हुन् सच्चा देशका पहरेदार । उनीसँग पहिलो परिचय कहिले भयो ? मलाई तिथिमिति याद छैन । रसिक कवि धनराज गिरीको जस्तो तिथिमिति याद गर्ने दिमाग मेरो छैन । यति कुरा चाहिँ पक्का हो, चालीसको दशकको अन्त्यतिर आयोजित कुनै कविताको […]
राक्सिराङबासीलाई घरमै सामाजिक सुरक्षा भत्ता

मकवानपुर, १ कात्तिक । राक्सिराङ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरैमा पुगेर वितरण थालिएकाे छ । दोस्रोपटक गाउँपालिका अध्यक्ष निर्वाचित भएका राजकुमार मल्ल दसैं आउँदै गर्दा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता लिएर बाँढ्न गएका छन् । बैंकका कर्मचारी समेतकाे टोलीले पालिकाकाे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे थियाे । सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा स्थानीय ज्येष्ठ […]
दाइलाई खुकुरी प्रहार गर्ने भाइ पक्राउ
मकवानपुर, १ कात्तिक । मकवानपुरको बागमती गाउँपालिकामा आफ्नै दाइमाथि खुकुरी प्रहार गर्ने भाइलाई प्रहरीले पक्राउ गरेकाे छ । बागमती वडा नं.९ बेतिनी अगौटेमा आफ्नै दाइमाथि खुकुरी प्रहार गरी फरार रहेका भाइलाई प्रहरीले मंगलबार पक्राउ गरेको हाे । अगौटे बस्ने ४८ वर्षीय अशोक तुम सिंहलाई खुकुरी प्रहार गरी फरार रहेका ४७ वर्षीय जीवनबहादुर तुम सिंहलाई पक्राउ […]
२०८० कात्तिक १ गते बुधबारको कायाकैरन दैनिक (ePaper)

चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने

भरतपुर, १ कात्तिक । चितवन उद्योग सङ्घको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहेका छन् । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा […]
मकवानपुरमा थाहा महोत्सव हुँदै

मकवानपुर, १ कात्तिक । मकवानपुरकाे थाहा नगरपालिकामा थाहा महाेत्सव हुने भएकाे छ । आगामी मंसिर २४ गतेबाट थाहानगर उद्योग वाणिज्य संघले थाहा महोत्सव आयोजना गर्ने भएको हाे । थाहानगर उवासंघका अनुसार स्थानीयस्तरमा उत्पादिन बस्तु बजारीकरण गर्ने र उत्पादक तथा उपभोक्ताबीच सीधा सम्पर्क गर्न चौथाे थाहा महोत्सव आयोजना गरिने भएकाे हाे । गत महिना भएको थाहानगर […]