मकवानपुरमा थाहा महोत्सव हुँदै

मकवानपुर, १ कात्तिक ।
मकवानपुरकाे थाहा नगरपालिकामा थाहा महाेत्सव हुने भएकाे छ । आगामी मंसिर २४ गतेबाट थाहानगर उद्योग वाणिज्य संघले थाहा महोत्सव आयोजना गर्ने भएको हाे ।

थाहानगर उवासंघका अनुसार स्थानीयस्तरमा उत्पादिन बस्तु बजारीकरण गर्ने र उत्पादक तथा उपभोक्ताबीच सीधा सम्पर्क गर्न चौथाे थाहा महोत्सव आयोजना गरिने भएकाे हाे । गत महिना भएको थाहानगर उवासंघको आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट नेतृत्वमा आएका अध्यक्ष पुरुषोत्तम ढकालले थाहा महोत्सवलाई बिगतका वर्षमा गरिएका मेला/महोत्सव भन्दा केही नयाँपन थप्ने तयारी भइरहेको बताए ।

आगामी मंसिर १४ गतेदेखि २५ गतेसम्म थाहा महोत्सव गर्ने गरी संघले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट स्वीकृति लिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय, स्थानीय सुरक्षा निकायसँग समन्वय गरी चौथो थाहा महोत्सव २०८० संचालन गर्न अनुमति दिएको हाे ।

कृषिसँगै पर्यटनकाे प्रशस्त संभावना भएकाे थाहानगर तराईलाई राजधानी काठमाडौं जोड्ने मुलुककै पुरानाे राजमार्ग त्रिभुवन राजपथ अन्तर्गत पर्ने विकासशील क्षेत्र हाे । थाहानगरलाई आकर्षक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थल, जैविक विविधतालगायतका सम्पदा रहेका छन् ।

(तस्बिर अघिल्लो महोत्सवको प्रयोग गरिएको छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट