भीमफेदी कारागारका कैदीबन्दीलाई खाद्यान्न

मकवानपुर, १ कात्तिक ।
कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खाद्यान्न सहयाेग गरेकाे छ । नेपालीहरुको महान चाड दशैंकाे उपलक्ष्यमा पालिकाले खसी र खाद्यान्न कारागारका कैदीबन्दीलाई उपलब्ध सहयाेग गरेकाे हाे ।

पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले दशैंकाे लागि २ वटा खसी, चिउरा र तेल कारागारलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरि शुभकाकना आदानप्रदान समेत गरेका थिए । अध्यक्ष मुक्तानले कारागारमा रहेकासँग भ्रातृत्वको सम्बन्ध स्थापित गर्न र कैदीबन्दीमा सकारात्मक भावना जागृत गराउन शुभकामना आदानप्रदान गरी खसी र खाद्यान्न उपलब्ध गराइएको बताए ।

२ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको  कारागारमा हाल १ हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट