भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य : प्रमुख रेनु दाहाल

भरतपुर, २५ असोज ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् ।
लक्की मिडिया हाउस चितवनले भरतपुर गरेको अवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरेपनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पारिन् ।

‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका महत्वपूर्ण हुन्छ,उनले भनिन् – ,‘भ्रमण वर्षबारे कलाकारले बोल्दा प्रभाव राम्रो पर्छ । कलाकारले यो अभियानलाई आफ्नै अभियानका रुपमा लिन आग्रह गर्छु ।’

`कलाकार भनेको राष्ट्रका गहना हुन्, यो गर्वको विषय भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भरतपुर भ्रमण वर्ष २०२४ लाई थोरै बोल्दै पनि धेरै प्रचार हुन्छ´, – दाहालले बताइन् ।

भरतपुरमा अयोजना भएको लक्की फिल्मी अवार्डले अग्रज कलाकार तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरेकोमा प्रमुख दाहालले खुसी व्यक्त गरिन् ।

महानगरपालिकामा देशकै सबैभन्दा ठुलो सभागृह (सिटी) मा एकैपटक ३ हजार जना एकैसाथ
भरतपुरमा निर्माणधीन सिटी हलमा यस्ता अवार्ड कार्यक्रमहरु अर्को वर्षसम्म सञ्चालन गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा कलाकार निर शाहको विषेश उपस्थिति रहेको थियो भने कलाकार हरिवंश आचार्य, आर्यन सिग्देश, संगीतकार आनन्द कार्की, गायक डेबिट शंकर, गायिका साईमा श्रेष्ठ, नायिका वर्षा राउतलगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट