२०८० असोज २६ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)

सरकारी सेवाका विषयमा कर्मचारी जिम्मेवार हुनुपर्छ : मन्त्री जोशी

मकवानपुर, २५ असोज । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आम नागरिकहरू सरकारको कामसँग सन्तुष्ट हुन नसकेको बताएका छन् । बिहीबार हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशीले सरकार र सरकारका निकायबाट प्रवाह हुने सेवाबाट नागरिकहरू खुसी हुन नसकेको बताएका हुन् । उनले सरकार र सरकारी निकायबाट प्रवाह हुने सेवाका विषयमा कर्मचारीहरू पनि जिम्मेवार ढङ्गबाट […]
राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने

काठमाडौँ, २५ असोज । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् । जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा आज साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताए । राजदूत प्रिन्जले […]
भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य : प्रमुख रेनु दाहाल

भरतपुर, २५ असोज । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् । लक्की मिडिया हाउस चितवनले भरतपुर गरेको अवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरेपनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पारिन् । ‘भ्रमण वर्षको […]
विद्यालय आउजाउ गर्न विद्यार्थीले पाए साइकल

मकवानपुर, २५ असोज । मकवानपुरको एक विद्यालयले विद्यार्थीलाई नियमित गराउने उद्देश्यले साइकल वितरण गरेकाे छ । मनहरी गाउँपालिकाको पशुपति माविले विद्यार्थीलाई विद्यालयले आउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि साइकल वितरण गरेको हाे । मनहरी ४ मसिनेस्थित पशुपति माविले कक्षा ६ देखि १० सम्मका १ सय १५ जना विद्यार्थीलाई साइकल प्रदान गरेको […]
कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा

मकवानपुर, २५ असोज । मकवानपुरको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । पालिकाकाे वडा नम्बर- ७ स्थित स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएकाे हाे । भौगोलिक विकटताको कारण सहज र सुलभ स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित कैलाशका स्थानीयलाई वर्थिङ सेन्टर तथा भिडियो एक्सरे […]
हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन

मकवानपुर, २५ असोज । हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावितकाे लागि मनाेचिकित्सा वार्ड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी २५ शय्याकाे मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याएकाे हो । मनाेचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उद्घाटन गरेका छन् । ‘हेटौँडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास […]
इजरायलबाट २५३ विद्यार्थी बोकेर काठमाडौं आउँदै नेपाल एयरलाइन्सको विमान

भरतपुर, २५ असोज । इजरायलमा रहेका दुई सय ५३ जना नेपाली विद्यार्थीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ । इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए । आज राति १:३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]
डाक्टर राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’

काठमाडौं, २५ असोज । डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो । लेखक भन्छन्, ‘जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो— विवाह । भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको […]
इजरायलबाट २५४ जना नेपाली विद्यार्थी बिहीबार राति काठमाडौं फर्किँदै

काठमाडौं, २५ असोज । इजरायलबाट नेपाल आउन चाहने विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबईको लागि उडेको छ । परराष्ट्रमन्त्री एनपी साउद समेत सवार रहेको जहाज बिहान साढे २ बजे उड्ने तालिका रहेपछि डेढ घन्टा ढिलो गरेर ४ बजे मात्रै उडेको हो । यो […]
प्रदेश प्रमुखलाई अख्तियार हेटौँडा कार्यालयको प्रतिवेदन

मकवानपुर, २५ असोज । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन पेश गरेको छ । अख्तियार हेटाैँडा कार्यालयले ३३ औं वार्षिक प्रतिवेदन बुधबार प्रदेश प्रमुख समक्ष पेश गरेकाे हाे । आयोगको हेटौँडा कार्यालय प्रमुख नरहरि घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले […]