विद्यालय आउजाउ गर्न विद्यार्थीले पाए साइकल

मकवानपुर, २५ असोज ।
मकवानपुरको एक विद्यालयले विद्यार्थीलाई नियमित गराउने उद्देश्यले साइकल वितरण गरेकाे छ । मनहरी गाउँपालिकाको पशुपति माविले विद्यार्थीलाई विद्यालयले आउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि साइकल वितरण गरेको हाे ।

मनहरी ४ मसिनेस्थित पशुपति माविले कक्षा ६ देखि १० सम्मका १ सय १५ जना विद्यार्थीलाई साइकल प्रदान गरेको हो । विद्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी थिइन् ।

साइकल वितरण गर्दै मन्त्री मोक्तानले विद्यालयले विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको बताइन् । साइकलले दैनिक घण्टाैँ हिँडेर विद्यालय आउन बाध्य विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न र बीचमै छाड्ने समस्या कमी ल्याउने उनकाे भनाइ थियाे । उनले ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी भर्नादर बढाउने र टिकाई राख्नका लागि प्रदेश सरकारले पनि सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरिन् ।

बनकरिया समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा साइकल विवरणले विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यतमक अवस्थाको अन्त्य हुनेमा आशावादी रहेको प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।

प्रधानाध्यापक आचार्यका अनुसार वितरण गरिएकाे साइकल मनहरी गाउँपालिका वडा नम्बर- ४ कार्यालयकाे आर्थिक सहयोगमा खरिद गरिएकाे हाे । प्रधानाध्यापक आचार्यले वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट साइकल वितरण गरिएको बताए ।

विद्यालयले बस संचालन गर्ने तयारी गरेपनि बस संचालन गर्ने स्रोत सुनिश्चित हुन नसकेपछि हाललाई साइकल वितरण गरिएकाे विद्यालय व्यवस्थापन अध्यक्ष माधव गौतमले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, पूर्ववडाध्यक्ष ध्रुव खड्का, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष रामहरि बिष्टलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट