प्रदेश प्रमुखलाई अख्तियार हेटौँडा कार्यालयको प्रतिवेदन

मकवानपुर, २५ असोज ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन पेश गरेको छ । अख्तियार हेटाैँडा कार्यालयले ३३‍ ‍औं वार्षिक प्रतिवेदन बुधबार प्रदेश प्रमुख समक्ष पेश गरेकाे हाे ।

आयोगको हेटौँडा कार्यालय प्रमुख नरहरि घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गाेविन्दप्रसाद पौडेलले जानकारी दिए ।

अख्तियारकाे वार्षिक प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले बागमती प्रदेशमा भ्रष्टाचार न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलको बताए । अख्तियार हेटौडा कार्यालय प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको प्रदेश भित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ३ सय ६० वटा उजुरीहरू दर्ता भएको आयोगले बुझाएकाे प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७८।०७९ बाट गत आर्थिक वर्षमा १ हजार ४ सय ४७ मुद्दा जिम्मेवारी सरेर आएको छ ।कुल ६ हजार ८ सय ७ उजुरी मध्ये गत आर्थिक वर्षमा हेटौँडा कार्यालयले ४ हजार ४ सय २० उजुरी फर्छ्यौट गरेको छ । जसमध्ये गत आर्थिक वर्षको ३ हजार ६ सय २८ उजुरी र अघिल्लो आर्थिक वर्षको ७ सय ९२ उजुरी फर्छ्यौट भएकाे प्रतिवेदनमा छ । प्रतिशतकाे आधारमा गत आर्थिक वर्षमा कार्यालयले ६४.९३ प्रतिशत उजुरी फर्छ्यौट गरेको देखिन्छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेशका स्थानीय तहहरूमा गत आर्थिक वर्षमा मात्र १ हजार ४ सय ४२ उजुरीहरू प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३ सय ३५ उजुरी सहित कार्यालयलाई स्थानीय तहका कुल १ हजार ७ सय ७७ उजुरी मध्ये आर्थिक वर्ष २०७९।०८० मा १ हजार १ सय ७१ उजुरी फर्छ्यौट गरिएको छ ।

त्यस्तै बागमती प्रदेशका कार्यालयमा ४ सय ७७ उजुरी गत आर्थिक वर्षमा दर्ता भएकाे थियाे भने अघिल्लो आर्थिक वर्षबाट ७२ वटा उजुरी जिम्मेवारी सरेर आएको थियो । जसमध्ये कार्यालयले ३ सय ५ वटा उजुरी फर्छ्यौट गरेको छ । संघीय सरकारी निकाय विरुद्ध ३ हजार ४ सय ४१ उजुरी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । संघीय निकायहरू विरुद्धको १ हजार ४० सहित गत आर्थिक वर्षमा कुल ४ हजार ४ सय ८१ वटा उजुरीहरू प्राप्त भएको थियो । जसमध्ये २ हजार ८ सय ९० उजुरी फर्छ्यौट गरिएको आयाेगले बुझाएकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

कार्यालयमा प्राप्त कुल २ हजार ३ सय २६ उजुरीमध्ये १ हजार ४ सय ४६ उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् । यस्तै १ सय ११ वटा उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएकाे प्रतिवेदनमा छ । ६ सय १३ उजुरी तामेली, ३ सय ५८ उजुरी एकीकरण गरिएको छ । प्रतिवेदन अनुसार १ सय ३१ उजुरी आयोगको केन्द्रिय कार्यालयकाे सम्बन्धित महाशाखामा पठाइएको र २ सय ३३ उजुरी उपर कानून बमोजिम आवश्यक कारबाहीका लागि विभिन्न निकायमा पठाइएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट