इजरायलबाट २५४ जना नेपाली विद्यार्थी बिहीबार राति काठमाडौं फर्किँदै

काठमाडौं, २५ असोज ।
इजरायलबाट नेपाल आउन चाहने विद्यार्थीलाई लिन नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । नेपाल एअरलाइन्सको जहाज ढिलो गरी बिहान ४ बजे दुबईको लागि उडेको छ ।

परराष्ट्रमन्त्री एनपी साउद समेत सवार रहेको जहाज बिहान साढे २ बजे उड्ने तालिका रहेपछि डेढ घन्टा ढिलो गरेर ४ बजे मात्रै उडेको हो ।
यो जहाजले दुबईमा नियमित उडानका यात्रु ओरालेपछि इजरायल जानेछ । इजरायलबाट पनि दुबई हुँदै नेपाल आउनेछ ।
उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो तर नेपालबाट उड्दा नै ढिलो गरेकाले फर्कँदा पनि ढिलो हुने अनुमान छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो । उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताइन् । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको थियो ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो । त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए । उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताइन् ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान उडेको निगमको एयरबस ३३० जहाज स्थानीय समय अनुसार बिहीबार बिहान ९:१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमको उडान तालिका अनुसार अप्रेसन डाइरेक्टर (सिनियर क्याप्टेन) श्रवण रिजालको नेतृत्वमा उक्त जहाज जान लागेको हो ।

जहाज तेल अभिवबाट स्थानीय समय अनुसार बिहान ११:१० उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । क्याप्टेन रिजाल र उनका सहोदर दाइ सिनियर क्याप्टेन सुवास रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट